एजेन्सी– इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ। इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।


ADVERTISEMENT


इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले खास लक्ष्यलाई निशाना बनाउने उद्देश्यले आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाका अनुसार १ आक्रमण गरिएको ड्रोनमध्ये केही ड्रोन अमेरिकाले खसालेको हो ।


ADVERTISEMENT

# # #


केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्। आक्रमणपछि इजरायलमा चेतावनीस्वरुप साइरन बजाइएको छ भने जेरुसलेममा बिस्फोटका आवाज सुनिएका छन् । मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।

इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई ‘इजरेली अपराध’ को जवाफ बताएको छ।आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।