काठमाडौँ– स्थानीय बजारमा आज सुनको गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।


ADVERTISEMENT


त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर एक हजार सात सय कायम भएको छ ।


ADVERTISEMENT

# # #