काठमाडौं-पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् ।


ADVERTISEMENT


शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश ३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौंडा अपायक भएको बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउनुपर्नेमा उनले जोड दिए ।

उता, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानी हेटौंडा कायम गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पूरा गरेको दाबी गरेका छन् ।

म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निकै भावुक भएँ, मैले चुनाव हारे पनि जनतासँग गरेको बाचा पूरा गरेको छु । उनले भने ।

शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भने, सातै प्रदेशको अस्थायी राजधानी नै स्थायी रुपमा रहने छ । आजको अन्नपूर्ण पोस्टबाट