काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटाइएको छ ।


ADVERTISEMENT


गत २ चैतमा गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि प्रस्तुत गर्ने कार्यसूची आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइएको हो ।


ADVERTISEMENT

# # #


सो दिन सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन ।

चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । हिजो पनि उक्त कार्यसूचीमा प्रवेश हुनुअघि नै कांग्रेसका सांसदहरुले सदन अवरुद्व गरेपछि हिजो सभामुख घिमिरेले आज बस्ने गरी बैठक स्थगितको घोषणा गरेका थिए ।

तर, आज बस्ने भनिएको बैठकको कार्यसूचीमा गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ ।

बुँदच ३ को उक्त कार्यसूचीको सट्टामा बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाचौँ वार्षिक प्रतिवेदन –२०८०’ पेश गर्ने कार्यसूची राखिएको छ ।