काठमाडौँ– रामानन्द सागर निर्देशित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेर चर्चामा आएकी अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी छन् ।


ADVERTISEMENT


उनी शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औँ वार्षिकोत्सव सन्दर्भमा नेपाल आएकी हुन् ।


ADVERTISEMENT

# # #


समारोहलाई सम्बोधन गर्दै दीपिकाले रामायणको कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताइन् । रामायणले असल मार्गमा लाग्न सबैलाई प्रेरणा दिने उनको भनाई छ ।

सो क्रममा उनले श्रीरामको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको सुनाइन् । श्रीराम एक असल पुत्र, असल भाइ र असल श्रीमान् थिए भन्ने कुरा रामायण सिकाएको भन्दै उनले मुक्तकण्ठले प्रशंसा समेत गरिन् ।