काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको प्रदेश टोली बरोडासँग समेत पराजित भएको छ । भारतको गुजरातमा जारी त्रिपक्षीय एसएसएस फ्रेण्डसिप कप टी–२० प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको हो ।


ADVERTISEMENT


शुक्रबार जरातको भापीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बरोडालेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । यस्तै विवेक यादवले १७ रन बनाउँदा कुशल भुर्तेलले १६ रन जोडे । ४.३ ओभरमा २९ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि विवेकले सन्दीपसँग मिलेर पाचौँ विकेटका लागि ५५ रनको साझेदारी गरे पनि सुस्त खेल्दा नेपाल दबाबमा आएको थियो । १६.२ ओभरमा १०६ रन बनाउँदा नेपालले सन्दीपलाई गुएपछि विकेट पतन सुरु भयो । थप १६ बल खेल्दा नेपालले १३ रन बनाउँदा बाँकी ४ वटै विकेट गुमाउन पुगेको हो ।

बलिङतर्फ बरोडाका ध्रुव पटेलले ४ ओभरमा १६ रन मात्रै खर्चिएर ४ विकेट चट्काए । यस्तै लक्षित तोक्सियाका नाममा २ विकेट रह्यो । यसअघि बरोडाका लागि शासवत रावतले सर्वाधिक ३१ रन बनाए । यस्तै ध्रुव पटेलले २९ रनको योगदान दिए भने अमित पासीले २६ तथा मोहित मंगियाले २२ रनको योगदान दिए ।

बरोडालालाई मध्यम स्कोरतमै रोक्ने क्रममा बलिङतर्फ नेपालका गुल्शन झा र करण केसीले समान २–२ विकेट लिए । आकाश चन्द, प्रतिश जिशी र ललित राजवंशीले समान १–१ विकेट हात पारे । यसअघि तीनवटै खेल जितेर फाइनल पुगिसकेको नेपालले उपाधिका लागि आइतबार गुजरातसँग खेल्नेछ ।

नेपालले यस प्रतियोगितालाई अप्रिल दोस्रो सातादेखि ओमानमा सुरु हुने एसीसी ट्रफी प्रतियोगिता र आगामी जुनदेखि अमेरिका वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपको तयारीका रुपमा लिएको छ ।