– ज्ञानु अविराम


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयबाट भएको चरम लापरवाहीका कारण यतिबेला सिंगो विश्वविद्यालय लज्जित हुनुपरेको छ । समग्र परीक्षाको व्यवस्थापन गर्ने दायित्व निर्वाह गर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विद्यार्थीहरुको उत्तरपुस्तिकाहरु हराएको घटना सार्वजनिक भएपछि विश्वविद्यालय नै लज्जित र निरीह बन्नु परेको हो ।


ADVERTISEMENT

# # #


यही विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयले गत चैत्र १५ गते प्रेस विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा २०८० सालको बैशाखमा सम्पन्न भएको स्नातक तहअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायको कोड नम्बर ४२२ को जनसंख्या विषय र शिक्षाशास्त्र संकायको कोड नम्बर ४१२ को शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटना स्वीकार गरिएको छ । परीक्षा सम्पन्न भएको ११ महिनापछि आएर छरपस्ट भएको यो लापरवाहीपूर्ण घटना सुन्न र भोग्नपर्दा त्रिविको प्रशासनिक संयन्त्र कति निकम्मा हालत रहेछ भने लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वास्तवमा गल्ती मानिसबाट नै हुने हो । तर, गल्ती कसरी भयो– नियतका कारणले भयो की लापरबाहीका कारणले भयो वा मानवीय त्रुटि वा कमजोरीको कारणले भयो ? यसलाई सटिक ढंगले डाइग्नोसिस गर्नु पर्दछ । बुझ्नु पर्ने तथ्य के हो भने मानवीय त्रुटी वा कमजोरीले भएको गल्ती आत्मानुभूति भएपछि तत्कालै सुधार गर्न सकिन्छ । तर, नियत र लापरबाहीका कारणले भएका गल्तीहरु सुधार गर्न गाह्रो हुन्छ । नियत र लापरबाहीले हुने गल्तीहरु पटक–पटक दोहरिन्छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट हुने गरेका पछिल्ला गल्तीहरु बारम्बार दोहरिरहेका छन् । गल्तीहरुको पुनरावृत्ति भएको छ । जसले गर्दा आज जति पनि विषयहरु समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा समाचार बनेर आउने गरेका छन्, त्यसमा एउटा ठूलो हिस्सा परीक्षा नियन्त्रण कार्यालयको कमीकमजोरीको कारणले भएको छ ।

यद्यपि, परीक्षा नियन्त्रण कार्यालयले गरेका धेरै कामहरु राम्रा, विश्वसनीय, वैध र विश्वस्तरमा मापनयोग्य छन् । जसले गर्दा त्रिभुवन विश्वविद्यालयको शाख नेपालका अन्य विश्वविद्यालयहरुको तुलनामा अग्रस्थानमा छ । यस अर्थमा त्रिविको विश्वसनीयता र साखमाथि क्षयीकरण नआओस् भन्नका लागि यो लेखमा सबैतिरको प्रतिनिधिमूलक चिन्ता प्रकट गर्न खोजिएको हो । शायद त्रिभुवन विश्वविद्यालयले पनि विषयवस्तुको संवेदनशीलतालाई आत्मसात गरेर नै समस्या समाधान हेतू अग्रसर भई प्रेस विज्ञप्ति जारी गर्नु परेको होला ।

परीक्षा सकेको ११ महिनापछि आएर उक्त विद्यार्थीहरुलाई फेरि परीक्षा दिनुपर्छ भन्दा उनीहरुको मनोदशा कस्तो होला ? उनीहरुमाथि भएको क्षती, हानी र अन्यायको पूरताल कसरी गर्ने ? यो गम्भीर सवाल हो । यसकारण परीक्षाजस्तो अति संवेदनशील भूमिका निर्वाह गर्न पर्ने निकायले गल्ती गर्ने छुटमा सम्झौता गर्न सकिने विषय होइन ।

उत्तरपुस्तिका हराएको घटनालाई छानविन गर्न अहिले विश्वविद्यालयले छानविन समिति गठन गरिसकेको छ भने उक्त विषयको पुनः परीक्षा लिने सूचना पनि सार्वजनिक भैसकेको छ । जसअनुसार यही चैत्र महिनाको २१ गते तत् विषयहरुको परीक्षा हुने भएका छन् । परीक्षाजस्तो सम्वेंवेदनशील क्षेत्रमा संकट व्यवस्थापनका लागि गरिने तरिका पनि यही नै हो । तर, यहाँनेर प्रश्न के उठछ भने– यहाँ परीक्षाको सवाल छ । यो सवाल विद्यार्थीहरुको भाग्य र भविष्यसंग प्रत्यक्ष रुपमा जोडिएको छ । एक त सम्बन्धित विद्यार्थीहरुले समयमा नतिजा पाउन सकेनन् । अर्कोतर्फ त्यसबाट पर्ने घाटा त उनीहरु भोग्नु पर्ने छँदैछ । सँगसँगै परीक्षा सकेको ११ महिनापछि आएर उक्त विद्यार्थीहरुलाई फेरि परीक्षा दिनुपर्छ भन्दा उनीहरुको मनोदशा कस्तो होला ? उनीहरुमाथि भएको क्षती, हानी र अन्यायको पूरताल कसरी गर्ने ? यो गम्भीर सवाल हो । यसकारण परीक्षाजस्तो अति संवेदनशील भूमिका निर्वाह गर्न पर्ने निकायले गल्ती गर्ने छुटमा सम्झौता गर्न सकिने विषय होइन ।

परीक्षा नियन्त्रण कार्यालयमा अहिले उत्तरपुस्तिका हराएको घटना सार्वजनिक भयो । यद्यपि उत्तरपुस्तिका हराएको यो नै पहिलो घटना भने भने होइन । यसअघि पनि यस्ता घटनाहरु बेला–बखत हुने गरेको उदाहरणहरु छन् । यतिमात्रै होइन, परीक्षा केन्द्रमा खेताला लगाएर परीक्षा दिने गरेको, परीक्षा केन्द्रबाट एक विद्यार्थीले लेखेको उत्तरपुस्तिका अर्को विद्यार्थीको सिम्वोल नम्बरसहित कभर हालेर पढाउने गरेको घटनाहरु पनि भइरहेका छन् । यसैगरी ‘अभिलेख’ तलमाथि पर्ने गरेका केशहरु पनि भएका छन । यस्ता कतिपय घटनाहरु मानवीय त्रुटि र कमजोरीले गर्दा पनि भएका छन् । धेरै अवस्थामा त्यस्ता त्रुटिपूर्ण घटनाहरुमा सुधार गरिएका उदाहरणहरु पनि छन् । तर, अहिले थानका थान उत्तरपुस्तिका हराएको घटना भने मानवीय त्रुटीभन्दा बाहिरको कुरा हो । यसमा परीक्षा नियन्त्रण कार्यालयको सिधासिधी लापरवाही भएको देखिन्छ । त्यसमा पनि ११/११ महिनासम्म गुपचुप राख्नु अर्को अपराध हो ।

वरिष्ठता, प्राज्ञिकता र योग्यताको सवालले मात्र परीक्षाको मामिलामा अर्थपूर्ण ढंगले काम गरेका परिणाममा देखिएन । तसर्थ, परीक्षाका पदाधिकारीहरुलाई कसरी जिम्मेवारीबोध, इमान्दारिता, गम्भीरता र संवेदनशीलता कसीभित्र राख्न सकिन्छ भन्ने बारेमा नीति बनाउनु पर्ने आवश्यकता देखिन्छ ।

यति गम्भीर प्रकृतिको लापरवाही भैरहँदा परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारी लिएर बसेका पदाधिकारी र कर्मचारीहरुले किन बेलैमा घटनालाई अनदेखा गरे ? जबकी त्यहाँ प्रमुख पदाधिकारीको जिम्मेवारीमा परीक्षा नियन्त्रक हुन्छ । यसैगरी प्रत्येक संकायमा परीक्षा उपनियन्त्रकहरु हुन्छन । शिक्षाशास्त्र संकाय हेर्ने जिम्मेवारीसहित एउटा छुट्टै परीक्षा उपनियन्त्रक तोएिको हुन्छ । यसैगरी मानविकी संकाय हेर्ने अर्को परीक्षा उपनियन्त्रक रहने व्यवस्था छ । यतिमात्र होइन संकाय हेर्ने प्रमुख कर्मचारी र अन्य कर्मचारीहरुको व्यवस्था गरिएको छ । यस्तो बलियो संयन्त्रण मौजुदा रहँदारहँदै गरेको अवस्थामा अहिले आएर विद्यार्थीले लेखेको उत्तरपुस्तिका गायब हुन पुग्यो । यसमा नितान्त परीक्षा नियन्त्रण कार्यालयबाट लापरवाही भएको जो कोहीले भन्न सक्दछ । आज जसले गर्दा सिंगो विश्वविद्यायका प्राध्यापक, कर्मचारी र सम्बन्धित अधिकारीहरु निरीह भएर बस्नु परिरहेको छ ।

यहाँनेर सवाल– पदमा बसेका अधिकारीहरुको जिम्मेवारीबोध, इमान्दारिता, गम्भीरता र संवेदनशीलताको हो । वरिष्ठता, प्राज्ञिकता र योग्यताको सवालले मात्र परीक्षाको मामिलामा अर्थपूर्ण ढंगले काम गरेका परिणाममा देखिएन । तसर्थ, परीक्षाका पदाधिकारीहरुलाई कसरी जिम्मेवारीबोध, इमान्दारिता, गम्भीरता र संवेदनशीलता कसीभित्र राख्न सकिन्छ भन्ने बारेमा नीति बनाउनु पर्ने आवश्यकता देखिन्छ । त्रिभुवन विश्वविद्यालयमा भरखरैमात्र नयाँ उकपूलपति नियुक्त भएर आएको सन्दर्भमा यो पक्षमा अलि बढी केन्द्रीत भएर निगरानी गर्नुपर्ने एवं त्यसका लागि आवश्यक कार्यविधिहरु निर्माण गर्नुपर्ने बेला आएको छ ।

निश्चित रुपमा परीक्षा नियन्त्रण कार्यालयमा न्यूनतम रुपमा आवश्यक पर्ने कर्मचारी, प्रविधि, स्रोतसाधन र अभिप्रेणाको अभाव छ । त्यसमा पनि सेवा सुविधाहरुको समानुपातिक वितरणमा समस्या रहेको छ । स्रोत साधनहरुमा सीमित पदाधिकारी र कर्मचारीहरुको सिण्डीकेट कायम रहेको छ । यो सवाल पनि यसअधि पटक–पटक उठ्दै आएको हो । सम्भवतः अहिले गठन भएको छानविन समितिले उल्लेखित समस्याहरुको बारेमा पनि अध्ययन गर्ने अवस्था आउँछ होला ।

राजनीतिको विल्ला भिराएर समस्याबाट पन्छिने होइन, समस्याको वास्तविक कारण पत्ता लगाएर समाधानतिर लाग्नुपर्छ । यो बाटो नै त्रिविको हितअनुकुलको उपाय हो । अन्यथा नयाँ नियुक्त भएर आएका उपकूलपति पनि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नियतिमा नपर्लान् भन्न सकिँदैन।  

केही वर्षयता त्रिभुवन विश्वविद्यालयमा देखापरेका हरेक समस्याहरुलाई ‘राजनीतिकरण’ को विल्ला भिडाएर पन्छिने प्रचलन विकास भएको छ । समस्याहरु राजनीतिक कारणले मात्र उत्पन्न भएका छैनन् । बेलाबेलामा प्रकट भइरहेका कैयन समस्याहरु राजनीतिभन्दा पनि अन्य कारणहरुले गर्दा उत्पन्न भैरहेका छन् । अन्य कारणहरुको खोजी र अनुसन्धान कहीकतैबाट भएको छैन । खासगरी परीक्षासम्बन्धी धेरै घटनाहरु सम्बन्धित व्यक्तिको नियत, लापरवाही, अक्षमता, साधन–स्रोतको कमी, प्रविधिको अभाव र आउट सोर्सिङबाट काम लिने प्रचलनको कारणले घट्ने गरेका छन् । सबै समस्याहरुमा राजनीतिकरण भनेर सामान्यीकरण गर्दा बदमासी र अनियमिताका श्रृंखलाहरु पुनरावृत्ति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न विना मोलाहिजा समस्याको गहिराइमा गई डाइग्नोसिस गर्नु पर्दछ । समस्याको वास्तविक ढंगले डाइग्नोसिस भयो भने सम्बन्धित निकाय कार्यवाहीको प्रक्रियामा जान बाध्य हुन्छ । रहस्यभित्र लुकेका तथ्यहरुलाई उजागर गर्न सकियो भने अनियमित र लापरवाहीपूर्ण घटनाहरुलाई मिडिया पनि एजेण्डाको रुपमा विषयवस्तुलाई उजागर गर्न सक्दछ । यस्ता घटनाहरु मिडियामा मात्र आउँदा पनि धेरै हदसम्म नियन्त्रणको बाटोमा जाने अवस्था सिर्जना हुन्छ ।

त्रिभुवन विश्वविद्यालयमा अहिले पठनपाठनका गतिविधिहरु नियमित रुपमा भएनन् भन्ने सवाल उल्लेखनीय रुपमा उठेको छैन । विश्वविद्यालय, क्याम्पस र कलेजहरुमा कक्षा नियमित रुपमा भएका छन् । तर, परीक्षा समय हुन नसकेको, नतिजा प्रकाशनमा विलम्ब हुने गरेको र प्रश्नपत्रहरुको निर्माणमा समस्या आउने गरेका समाचारहरु बग्रेल्ती मात्रामा आउने गरेका छन् । यो तथ्यलाई हेर्दा पनि त्रिविको खास समस्या परीक्षा क्षेत्रमा बढी छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । राजनीतिको विल्ला भिराएर समस्याबाट पन्छिने होइन, समस्याको वास्तविक कारण पत्ता लगाएर समाधानतिर लाग्नुपर्छ । यो बाटो नै त्रिविको हितअनुकुलको उपाय हो । अन्यथा नयाँ नियुक्त भएर आएका उपकूलपति पनि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नियतिमा नपर्लान् भन्न सकिँदैन।