काठमाडौं-कांग्रेस नेता धनराज गुरुङले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको एकै नजरले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद खुइलिएको बताएका छन्।


ADVERTISEMENT


भावी प्रधानमन्त्रीको रुपमा चर्चा पाइरहेका एमाले अध्यक्ष ओलीप्रति व्यङ्ग्य गर्दै गुरुङले ओलीको राष्ट्रवाद खुइलिएको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा ओलीको राष्ट्रवादबारे टिप्पणी गर्दै गुरुङले उनको राष्ट्रवादलाई सुनको जलप लगाएको पित्तलको गहनाको संज्ञा दिएका छन् ।


ADVERTISEMENT

# # #


ओलीको राष्ट्रवाद सोल्टी होटलमा पुगेर स्वराजको पाउमा विराजमान भएको टिप्पणीसमेत गुरुङको छ । सामाजिक सञ्जालमा सक्रिय गुरुङले शुक्रबार साँझ ट्विटरमा यस्तो टिप्पणी गरेका हुन् ।

‘बालकोटबाट बालुवाटार जान हिंडेका श्रदेय क.केपी ओलीज्यूको राष्ट्रवाद त सोल्टी होटल पुगेर स्वराजको पाउमा विराज पो भएछ’, गुरुङले ट्विटरमा लेखेका छन्, ‘ कठैवरा, पित्तलको गहनामा लगाएको सुनको जलप स्वराजको एकै नजरमा खुइलिएछ।’