काठमाडौँ– गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।


ADVERTISEMENT


बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वैशाखदेखि लागू हुनेगरी ४ वर्षकोे लागि सिईओमा नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


१५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुँदैछ ।

बैंकको संस्थापना कालदेखि कार्यरत उपाध्यायले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरतछन् ।

साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।