काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने विषयमा आफू सचेत रहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले राजनीतिक आग्रह पूवाग्रहका आधारमा नभई व्यवसायिक रुपमा आफूले काम गर्ने भन्दै कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने बिषयमा आफू सचेत रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको जनाएका छन् । अदालतमा दर्ता भएका मुद्दामा आफू प्रतिवादी नरहेको बताउँदै उनले भने सहकारी प्रकरणको अनुसन्धानमा कुनै प्रभाव पार्ने काम गर्न नहुने जिकिर गरे । लामिछानले आफ्नो सम्मान र इज्जतका लागि जहा प्रश्न उठेपनि जवाफ दिन तयार रहेको स्पष्ट पारे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा उहाले कानूनले दिएको अधिकार भन्दा बढि अधिकार प्रयोग भएकाले थप अनुसन्धान भइरहको उनले बताए ।

उनले आफू मन्त्रालयमा आएपछि सम्बन्धीत निकायको साप्ताहिक रुपमा रिपोर्ट हेर्ने काम गरेको धारणा राखे ।