काठमाडौँ – विश्वको प्रतिष्ठित टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगितता इण्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण आजदेखि सुरु हुँदैछ ।


ADVERTISEMENT


पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु टोली आमने सामने हुनेछन् । यो खेलमा चेन्नईले आफ्नो नयाँ कप्तानलाई मैदानमा उतार्दैछ ।


ADVERTISEMENT

# # #


चेन्नईलाई ५ पटक उपाधि जिताएका कप्तान महेन्द्रसिंह धोनीले बिहीबार कप्तानी त्यागेसँगै चेन्नईले रुतुराज गैकवाडलाई कप्तान बनाएको छ । रुतुराजले पहिलो पटक आईपीएलमा कप्तानी गर्दैछन् । यसको अर्थ आईपीएलको पहिलो खेलबाट चेन्नईका लागि नयाँ युगको सुरुवात हुँदैछ, जसको कमाण्ड अब महेन्द्र सिंह धोनीको सट्टा रुतुराज गायकवाडको हातमा हुनेछ ।

पाँच पटकको च्याम्पियन र पछिल्लो पटकको विजेता चेन्नईको टोली कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ, च्ऋद्य पहिलो पटक उपाधि कब्जा गर्न सक्दो प्रयास गर्नेछ। चेन्नई र बैंगलुरुको टोली आईपीएल मा अहिलेसम्म ३१ पटक आमने सामने भइसकेका छन्। यस अवधिमा चेन्नईले २० खेल जितेको छ भने बैंग्लोरले १० खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।

चेन्नईको कमाण्ड अब ४२ वर्षीय धोनीको हातबाट निस्केर युवा ऋतुराज गायकवाडको हातमा आएको छ । अर्कोतर्फ, क्रिकेटको अचम्मको बुझाइ भएका धोनीको दिमाग पहिले जस्तै तेज छ तर उमेर बढेसँगै उनको ब्याटिङमा सुस्तता आएको छ । यस्तो अवस्थामा युवामा प्रदर्शनको ठूलो जिम्मेवारी आउनेछ ।

यता सन् २००८ यता चेन्नईविरुद्ध हार व्यहोर्दै आएको बैंगलुरुलाई पहिलो जित दिलाउन कप्तान फाप डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेल असरदार हुनेछन् । आईपीएलमा कूल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।