काठमाडौँ – माछापच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


विहिबार एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न.पा.वडा नं.०६ का वडा अध्यक्ष जहरु साउदले माछापच्छ्रे बैंक लि. ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि माछापच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै माछापच्छ्रे बैंक लि. का महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराए । उनले भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै साही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले माछापच्छ्रे बैंक लि. ले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

१८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।