काठमाडौँ – नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन गरिएको छ ।


ADVERTISEMENT


जिपि कोइराला अध्ययन केन्द्रको आयोजनामा बुधबार काठमाडौ.को माइतीघरमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।


ADVERTISEMENT

# # #


२०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा उहाको भूमिका महत्त्वपूर्ण छ ।