काठमाडौँ– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएक िछन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरुमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरुका लागि लगानी गर्नुपर्ने उनको भनाई छ । रानाले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् । महिला अधिकारको नीति बनाउनका लागि आफुले सांसदहरुलाई प्रेरित गर्ने काम गरिरहेको उनले सुनाइन् ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरुलाई सम्मान गरिएको थियो ।