काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसँग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् । उनले भिजिट भिसा प्रकरणमा छानविन गर्ने प्रतिवद्धता आएपछि आफुहरुले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत नै रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


पुनले प्रतिपक्षीहरुले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानविन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसंग संसदीय प्रक्रियाको अनुभव लिदै अघि बढ्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्यदललाई जबरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले आग्रह गरे । पुनले संसदीय अंकगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताए ।