काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै पार्टीका सांसदहरुलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।


ADVERTISEMENT


‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ ’, सूचनामा भनिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न सूचनामा उल्लेख गरिएको छ ।