काठमाडौँ– नेकपा समाजवादी पार्टीले नयाँ सत्ता गठबन्धनमा सरकारसंगै अघि बढ्ने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए ।


ADVERTISEMENT


यससंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न पार्टीका अध्यक्ष माधव नेपाल शीर्ष नेताहरूसहित बालुवाटार पुगेका छन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालसहित छलफलका लागि पुगेका उनले वार्तापछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने बताए।