काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेपछि देउवा आफैँ काटेश्वरस्थित नेपाल निवास पुगेका हुन् ।


ADVERTISEMENT

# # #


वैकल्पिक गठबन्धन बनाउने पहल थालेका उनी पत्नी आरजु र नेता रमेश लेखकसहित नेपाललाई भेट्न पुगेका हुन् ।

प्रचण्डको धोकाबाट स्तब्ध भएका देउवा यतिबेला निर्णायक बेलामा कुनै जानकारी नदिएको भन्दै पार्टीभित्र पनि दबाबमा छन् ।

नयाँ गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेट्नु नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास रहेको बुझिएको छ ।

यसैगरि रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउने दाउको फाइदा लिन सके कांग्रेसको वैकल्पिक गठबन्धन खडा हुन सक्ने सम्भावना देखिएको छ ।