राहुल गुप्ता, वीरगञ्ज – पर्साको वीरगञ्जमा लागु औषधसहित ४ जनाहरु पक्राउ परेका छन् ।


ADVERTISEMENT


सोमबार प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका–३ कटानी बस्ने ३२ वर्षीय भिमबहादुर वाईवा र २५ वर्षीय मिलन तामाङ रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिए ।

त्यस्तै प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहकै कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय गणेश घिमिरे र मकवानपुर बकैया गाउँपालिका–५ बस्ने ३५ वर्षीय विकाश भोलन रहेका छन् । प्रहरीले घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फोला पारेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाविरुद्ध लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताएका छन् ।