काठमाडौँ– एन आई सी एशिया क्यापिटल लिमिटेडले ७ वटा सेवामा बम्पर अफरको घोषणा गरेको छ ।


ADVERTISEMENT


क्यापिटलले सातौं वर्ष पूरा गरेको अवसरमा ‘सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको हो । यसअन्र्तगत संस्थाले क्यापिटलका मुख्य ७ सेवामा बम्पर अफर दिने भएको छ ।


ADVERTISEMENT

# # #


सो योजना फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म लागू हुने जनाइएको छ ।

यी हुन् क्यापिटलले दिन लागेका ७ सेवाहरु

(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत (पिएमएस)

लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र रु.७/– लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने

(२) एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”को सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) मा मिति २०८० फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु.५००/– बराबरको क्यापिटलको तर्फबाट सिप रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई सिप बुस्टरको सुविधा उपलब्ध गराईने

(३) संस्थागत परामर्श सेवा अन्तर्गत

एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आईडिया टु आईपिओ’ सेवा संचालन गरिरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा मिति २०८० फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु.७/– मा ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत आईपिओ जारी गर्ने तह सम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

(४) डिम्याट खाता सेवा (एलटिडिआर)

हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र “रु.७०० मा ‘लाईफ टाइम डिम्याट रिन्युअल (एलटिडिआर) योजना

(५) मेरो शेयर सेवा (एलटिएमआर)

हाल क्यापिटलले मेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र “रु.७०० मा ‘लाईफ टाइम मेरो सेयर रिन्युअल (एलटिएमआर)’ योजना

(६) निःशुल्क डिम्याट खाता सेवा

क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने

(७) शेयर रजिष्ट्रार सेवा अन्तर्गत

हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौंं वार्षिक उत्सवको अवसरमा क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाइ ‘ओटीसी मार्केट्सर्’ मा सूचिकरण गरिदिने