काठमाडौँ – भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा चितवनका होटल व्यवसायीहरुले चितवनमा आउने पर्यटकहरुको लागि प्याकेज टुरको व्यवस्था गरेको छ ।


ADVERTISEMENT


भ्रमण बर्षमा पर्यटकहरुको बसाई लम्बाउन प्याकेज १ र प्याकेज २ को व्यवस्था गरेको नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिने कुमार चुकेले बताए । प्याकेज १ मा चितवनको अम्रेला स्ट्रिट बाटुली पोखरी बिसहजारी ताल गणेश धाम देवघाट र नारायणी नदी किनारको आरतीसम्म रहेको र प्याकेज २ मा पश्चिम चितवनको लक्ष्मी बैकुण्ठनाथ मन्दिर जेम्स वल्ड मुकन्दश्वर महादेब राईनोक्रुज ज्ञानेश्वर सामुदायीक वन, सेतीदेवी सामुदायिक वन र मेघौलीको गोलाघाटसम्मको रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


भरतपुर भ्रमण वर्ष २०२४ मा आउने पर्यटकहरुलाई चितवनको धार्मीक र पर्यटकीय स्थलहरुका साथै दुर्लभ वन्यजन्तुहरुको समेत अबलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए ।

चितवनका सबै होटल व्यवसायीहरुले चितवनमा आएर घुम्न चाहने पर्यटकहरुलाई १ दिन र आधा दिनको प्याकेज टुरको व्यवस्था मिलाएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए । उक्त प्याकेज टुर भरतपुर भ्रमण वर्ष २०२४ को अबसर पारेर शुरु गरेको हो । उक्त प्याकेज टुर फलदायी हुने होटल व्यवसायीहरुले बताएका छन् ।