काठमाडौँ – कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गर्दै एमाले र र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।


ADVERTISEMENT


बुधबार प्रदेश प्रमुखलाई भेटेर दुई दलले नयाँ सरकार गठनको प्रक्रिया थाल्न वा वर्तमान सरकारको संवैधानिक अवस्था प्रष्ट पार्न माग गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


पत्र बुझेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान, प्रचलित ऐन कानुन अनुसार अघि बढ्ने बताएका थिए । एमाले कोशी प्रदेश सचेतक रेवतीरमण भण्डारीले वर्तमान सरकारको वैधानिकता प्रश्न उठ्ने गरी बुधबार नै प्रदेश सरकारका बारेमा निर्णय गर्नुपर्ने बताए । उनले प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नेबितिकै दावी पेश गर्नका लागि आफूहरु तयार रहेको धारणा राखे ।

उनले अहिलको मुख्यमन्त्री वैधानिक हिसावले नै पदमुक्त भइसकेको जिकिर गरे ।