काठमाडौं – चलचित्र ‘कान्छी’ को गीतले ‘चरी चट्ट परि…’ युट्युबमा एक करोड पटकभन्दा धेरै हेरिएको छ । ३ महिना अगाडि युट्युब च्यानलमा अपलोड गरिएको गीत करोड भन्दा धेरै पटक हेरिएको हो ।


ADVERTISEMENT


राजनराज सिवाकोटी शब्द, संगीत र स्वर रहेको गीत अन्जु पन्तले पनि गाएकी छन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई, श्वेता खड्का, प्रज्वलसुजल गिरी र भूमिका श्रेष्ठले अभिनय गरेका छन् ।


ADVERTISEMENT

# # #


स्वेता खड्काको निर्माण रहेको चलचित्र फागुन ४ मा रिलिज हुनेछ ।