काठमाडौँ – प्रधानमन्त्री पुयपकमल दाहाल ‘प्रचण्ड’ले मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले बाँकी रहेका समस्या सरकारको कारणभन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रधानमन्त्री प्रचण्डले तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक)को प्रस्थान विन्दुको खोकना क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काममा सहमति खोज्ने काम भइरहेको बताए । यस्तै उनले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानीको सहज आपूर्तिको व्यवस्था गरिएको भन्दै मेलम्ची खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाए ।

उनले कुल २४ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये तीन वटा सम्पन्न भइसकेको र अन्यको पनि निर्माण तीव्र रुपमा भइरहेको जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संसदीय समितिले दिएको निर्देशन र सुझावहरुलाई सरकारले गम्भीरताका साथ लिएको बताए । उनले प्रदेश समन्वय परिषद्को बैठक बसेर संघीयता कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भइरहेको जानकारी दिए ।