काठमाडौँ– भारतीय दूतावास, काठमाडौंद्वारा आयोजित ‘बहुभाषी कविता गोष्ठी’ सम्पन्न भएको छ । नेपाल–भारत लिटरेचर अन्र्तगत ‘नेपाल–भारत पुस्तकालय’मा मंगलबार आयोजित ‘बहुभाषी कविता गोष्ठी’ नेपाली युवाका लागि आयोजना गरिएको थियो।


ADVERTISEMENT


कार्यक्रमको उद्देश्य प्रतिभाशाली युवा कविहरूलाई सिकाउने र कविहरूलाई आफ्नो मातृभाषामा स्वरचित कविता वाचनको मञ्च प्रदान गर्ने रहेको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


समारोहको ‘ओपन माइक’ सत्रमा सहभागीहरुले संस्कृत, उर्दू, अवधी, नेवारी, मैथिली, भोजपुरी, थारु, केवरात लगायतका भाषमा आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालका प्रख्यात कवि तथा वरिष्ठ साहित्यकार डा. सनतकुमार वस्तीले सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा कविता वाचन गर्ने युवा सहभागिहरु लगायत कवि, साहित्यकार, शिक्षक, भाषा प्रेमी तथा साहित्य प्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।