काठमाडौँ – निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य र बझाङको निर्वाचन क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आयोगको आज बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १(क)मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा आयोगले इलाम निर्वाचन क्षेत्र नं २ को रिक्त प्रतिनिधिसभा सदस्य तथा बझाङको निर्वाचन क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १५ गते शनिबार गर्ने निर्णय गरेको जनाएको छ ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद् सचिवालय र प्रदेशसभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो। यसरी कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने छ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको आयोगले जनाएको छ । उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि आयोगले सबैलाई आग्रह समेत गरेको छ ।

ayog