काठमाडौँ–नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कमिशनको लोभमा नेपाल वायुसेवा निगमले जहाज किन्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकमा खतिवडाले अहिले उत्पादन नै बन्द भइसकेका पुराना विमान निगमले किन्ने तयारी गरिरहेको भन्दै यसमा कमिशनको खेल भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको र हाजिर गरेर हिडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको आरोप लगाए ।

खतिवडाले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामालाई नियुक्ती गरेको भन्दै यसले सरकारको सुशासनको अभियानलाई खिल्लि उडाएको बताए । सरकारका मन्त्री व्यक्तिगत स्वार्थका आधारमा चल्दा मुलुक अघि बढ्न नसक्ने उनको राय छ ।

त्यस्तै एमाले सांसद भीम आचार्यले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नगरेर सरकारले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको बताए । भैरहवा विमानस्थललाई सञ्चालन गर्न सरकारले नै चासो नदिइएको उनको तर्क छ ।

उनले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्र दिनका लागि हवाई माफीयाहरु सक्रिय रहेको जिकिर गरे ।