काठमाडौं-सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ । पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो ।


ADVERTISEMENT


मर्यादाक्रमममा राष्ष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ । नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख–उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो । मर्यादाक्रममा ३४ नम्बरसम्म छ ।


ADVERTISEMENT

# # #


सरकारले लागू गरेको नयाँ मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ नम्बरमा नेपाली सेनाका सहायक सेनानी छन् । दोस्रो नम्बरमा उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ ।

यस्तै छैटौं नम्बरमा पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीलाई राखिएको छ । प्रदेशमा राष्ट्रपति सरहको भूमिकामा रहने प्रदेश प्रमुखलाई मर्यादाक्रमको सातौं स्थानमा राखिएको छ । आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ । प्रदेशको मुख्यमन्त्री र पूर्वप्रधानन्यायाधीश, संसद्का पूर्वसभामुख पूर्वअध्यक्ष मर्यादाक्रमको नवौं स्थानमा परेका छन् ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा केही मन्त्रीले प्रदेश प्रमुख र पूर्वउपराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीलाई एकै मर्यादाक्रममा राख्नुपर्ने सुझाव दिए पछि सातौं र आठौं मर्यादाक्रमलाई भने मर्ज हुन सक्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।-आजको अन्नपूर्ण पोस्टबाट