काठमाडौँ– पारामाउण्ट मोटर्स कम्पनीले कम्पनीको ब्राण्ड र नाम लिएर प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले एक विज्ञप्ति जारी गर्दै कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजीईभी गाडी मिति २०८०/०९/०९ गते काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागि भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक संजालमा भएको टिप्पणी प्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको हो।


ADVERTISEMENT

# # #


‘उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० वजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको बुझिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि आन एक प्रेस विज्ञप्ती कम्पनीले जारी गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।