काठमाडौं – एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता सकिएको छ । आज (आइतबार) दिउँसो करिब ४ घण्टा बसेको दुई अध्यक्षबीचको वान टु वान वार्ताले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको टुंगो लगाउने बताइएको थियो ।


ADVERTISEMENT


ललितपुरको मानभवनमा भएको दुई अध्यक्षबीचको वार्तामा राष्ट्रियसभा सदस्यका उमेदवार र पार्टी एकताको लागि थप गृहकार्य गर्नेबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाकार मनोहरी तिमल्सिनाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको लागि थप गृहकार्य गर्ने र गठबन्धनका राष्ट्रियसभा उमेदवारहरुलाई कसरी जिताउने भन्नेबारेमा कुराकानी भयो । पद बाँडफाँडको विषयमा छलफल भएन,” तिमल्सिनााले भने । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफ्नै पार्टीका नेताहरुलाई समेत जानकारी नदिर्इ गोप्य वार्तामा बसेका थिए ।