काठमाडौं – सोलुखुम्बुको थुलुङ–दूधकोशी गाउँपालिका–९ मा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् ।


ADVERTISEMENT


घाइते हुनेमा ३८ वर्षीय रासमान तामाङ र उनकी श्रीमती ३६ वर्षीया पुष्पमाया तामाङ छन् । उनीहरुलाई शनिबार खोटाङको ऐसेलुखर्क बजार जाने क्रममा जंगलमा भालुले आक्रमण गरेको स्थानीयले बताए ।


ADVERTISEMENT

# # #


घाइते दुवै जनाको उपस्वास्थ्य चौकी, खोटाङमा उपचार भइरहेको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।