काठमाडौँ– नागढुङ्गा–मुग्लिन सडक विस्तारको काम अत्यन्त न्युन देखिएको छ ।


ADVERTISEMENT


विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो ।


ADVERTISEMENT

# # #


१ बर्षमा १५ प्रतिसत काम पुरा गर्ने लक्ष्य लिइएको भए पनि बिभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका ईन्जीनीयर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त बिस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसंग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको ईन्जीनीयर आचार्यले बताए ।

उक्त सडकको पश्चिम खण्ड मलेखु देखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भईरहेको छ । उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो । उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।