काठमाडौं-इङ्लिस क्लब लिभरपुलको खराब यात्रा जारी छ । प्रिमियर लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको लिभरपुल एफए कपमाा पनि कम्मजोर प्रतिस्पर्धी वेष्ट ब्रोमसँग पराजित हुँदै बाहिरिएको छ ।


ADVERTISEMENT


एफए कप फुटबलको छैटौँ चरण अन्तर्गत गएराति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोमँग ३-२ गोलले पराजित भएको हो । गत मंगलबार भएको स्वान्सी सिटीविरूद्धको प्रिमियर लिगको खेलमा पनि लिभरपुल १-० ले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


खेलमा वेष्ट ब्रोमलाई अन्तिम १६ मा पुर्याउने क्रममा जे रोड्रिग्वेजले २ गोल गरे । लिभरपूलका लागि जोएल माटिपको एक आत्माघाती गोल नै दुर्भााग्य सावित भयो । पराजित लिभरपुलका लागि रोबर्टो फिर्मिनो र मोहोमद सालाहले एक-एक गोल गरे ।