काठमाडौं– काठमाडौंको बालाजुमा शनिबार राति भएको ग्याङ फाइटमा तीन जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राति मदिरा सेवन गरेपछि काठमाडौंको बालाजु चोकमा झगडा भएको थियो । ग्याङफाइटमा परी सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन् । थापाको अवस्था गम्भीर रहेको र बालाजुकै पिपुल्स अस्पतालमा अपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी विश्वराज खड्काले जानकारी दिए । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया