काठमाडौँ– सत्तागठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठक संयुक्त अपिल जारी गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने गठबन्धनको साझा लक्ष्य भएको गठबन्धनले जनाएको छ । बैठकपछि जारी अपिलमा लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने उल्लेख गरिएको छ ।

बैठकमा आफ्ना उम्मेदवारलाई जिताउने बिषयमा छलफल गर्दै संयुक्त अपिल जारी गरिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । प्रदेश र जिल्लामा गठन भएका समन्वय समितिका बारेमा पनि व्रिफिङ गर्ने काम भएको उनले बताए ।

गठबन्धनको संयुक्त अपिलमा निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुनसक्नेतर्फ सचेत गराइएको छ ।