काठमाडौँ– माघेसंक्रान्तिका अवसरमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ ।


ADVERTISEMENT


कालीमाटी तरकारी बजारमा तरुलका साथै सखरखण्डको व्यापार बढेको छ । माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ ।


ADVERTISEMENT

# # #


संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी औसत ६५ रुपैयामा बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

सर्लाहीबाट तरुल लिएर आउनुभएका व्यापारी बुद्धिमान लोप्चनले पछिल्लो तीन दिन तरुलको बिक्रि बढेको भएपनि गतसाल भन्दा बढि व्यापार हुन नसकेको बताउनुभयो । बजारमा पताले, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल पाइने भएपनि पताल तरुलको व्यापार धेरै हुने गरेको उनले बताए ।

जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्दत गर्ने चिकित्सकहरुको भनाइ छ । त्यस्तै वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुने गरेको छ ।