काठमाठौँ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


मेला पौष २० गते (शुक्रबार)देखि २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज, जे.बि. मोटर्स् बालकुमारीमा, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढिमा आयोजना गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने भएको हो ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको सिप्रदीको भनाई छ । ‘फन कार्निभल ३.०’ मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदीले जनाएको छ ।