काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले  “टाटा मोटर्स स्वावलम्बी अभियान २.०” ल्याएको छ । कम्पनीले रोजगारीका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै नेपालमै अवसर खोज्न सहज बनाउने उद्देश्यले उक्त अभियान ल्याएको हो ।


ADVERTISEMENT


कम्पनीले यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा गाडी मात्र २ लाख रुपैयाँको डाउनपेमेन्टमा खरिद गर्न सक्ने भएका छन् । । यस अभियानमार्फत देशमै रही आफ्नो साथिभाई र परिवारको साथ रोजगारी–व्यवसायको अवसर सिर्जना गर्न र स्वाभिनी भइ जीवन निर्वाह गर्न सक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालले अहिलेको कठिन आर्थिक अवस्थामा देशमै रही केही गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सकने विश्वास व्यक्त गरे । योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनको भनाई छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले यो योजना पहिले भने होइन । कम्पनीले यसअघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो । बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल विजनेस यूनिटका सहायक प्रबन्ध निर्देशक दिवसबाबु सुवेदीले बताए ।

इच्छुक ग्राहकले टाटा मोर्टस्का कुन गाडीमा कति वर्षको किस्तामा पाइन्छ र फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । जसका लागि ९८०११०७६०० मा मिसकल गर्न सकिने कम्पनीको भनाई छ ।