काठमाडौं-स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो घाइते भएका छन्। आइतबार राति घरेलु मैदानमा भएको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डोले गोल गरे पनि आँखाको छेउबाट रगत बनाउनु पर्‍यो।


ADVERTISEMENT


खेलको ७८ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रोनाल्डोले ८४ औँ मिनेटमा टिमका लागि छैटौँ तथा यो सिजन लिगमा आफ्नो पनि छैटौँ गोल गर्ने क्रममा रोनाल्डोले आँखाको छेउबााट रगत बनाउनु परेको हो। उनले हेडमार्फत गोल गर्न लागेका थिए । त्यसक्रममा बल नियन्त्रणमा लिने प्रयासमा रहेका डिप्रोटिभोका डिफेन्डर फाबिएन स्चरको बुटले रोनाल्डोको आँखाको छेउमा लाग्यो ।


ADVERTISEMENT

# # #


गोल भइसकेपछि रोनाल्डोले मेडिकल ट्रिट्मेन्ट लिनु परेको थियो । उनले आफ्नो आँखाको कुनामा लागेको चोट कस्तो छ भनेर मेडिकल टिमका सदस्यको मोवाइलबाट हेरेका थिए । यो सिजन च्याम्पियन्स लिगसहितका अरु प्रतियोगितामा राम्रो गरिरहेका छन् । उनले ला लिगामा भने खासै प्रदर्शन गर्न सकिरहेका छैनन्।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराउने क्रममा दुई गोल गरेका रोनाल्डोले आफू अब ला लिगामा पनि लयमा फर्किएको शंकेत दिए। यो खेल अघि यो सिजन ला लिगाका १६ खेलमा चार गोल मात्रै गरेका रोनाल्डोले १७ औँ खेलमा ला लिगा गोलको संख्या ६ पुर्याए।

https://youtu.be/Pekeak30FjY