काठमाडौं-अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् । सुत्केरी ब्यथाले च्यापेपछि शिक्षण अस्पताल ल्याइएकी दैलेख चौडाखाकी २२ वर्षीया सीता सिंह शाहीको बिहीबार दिउँसो साढे ४ बजे मृत्यु भएपछि आफन्तले शुक्रबार दिउँसो तोडफोड गरेका हुन् ।


ADVERTISEMENT


मृतक सीताका आफन्तले शिक्षण अस्पताल कोहलपुरका प्रशासन र इमरजेन्सी कक्षको सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट अस्पतालको प्रशासन र इमरेजन्सीमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


सामान्य सुत्केरी भएको अवस्थामा समेत अस्पतालले लापरवाही गर्दा मृत्यु भएको आरोप परिवारजनले लगाएका छन् । नवजात शिशुको अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै कोहलपुर प्रहरीले जनाएको छ । सीताका श्रीमान् सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।