नन्दी केशर पौड्याल


ADVERTISEMENT



एकपटक एकजना अलि बलिष्ट हट्टाकट्टा मानिस खोला छेउको बाटो हिड्दै थियो । उसले खोलामा एकजना मानिस माछा निकाल्दै गरेको देख्यो र उस्ले खोला भित्र बाट निकाल्दै गरेको माछा खोसेर लिएर हिड्यो । बिचरा माछा मार्ने व्यक्ति खोला भित्रैबाट निरिह भएर खोसेर लगेको माछा हेरिरहृयो । माछा खोस्ने मानिस माछा लियर हिड्दै थियो । अलि पर के पुगेको थियो उसको हातको एउटा औला जीउदै रहेको माछाले टोकीदिएछ।


ADVERTISEMENT

# # #


घर पुगेर माछा त खायो तर उसको टोकेको औँला भने सुन्निएर दुखे पछि खपि नसक्नु भएर डाक्टरकोमा गएछ। डक्टरले औँला खराब भैसकेको हुँदा औँला काट्नुको बिकल्प नभएको कुरा बताएछन् र औँला काटेर फालिदिएछन। फेरी दुई चार दिन पछि सन्चो नभएर मान्छे डक्टरकोमा गएछ र ब्याण्डेज खोलेर हेर्दा हातै काट्नु पर्ने देखीयो र डक्टरले हातै काटीदिएर ब्याण्डेज लगाइदिएछन् । तर फेरी पनि हात बिसेक भयनछ र डाक्टरकोमा जाँदा पुरै पाखुरा नै काट्नु पर्ने अन्यथा ठूलो समस्या आउने भयको कुरा डक्टरले बताएछन् ।

मानिस ब्याकुल हुँदै रून कराउन लागेछ। तेतिकै मा डक्टरले सोधेछन् तिमिले के गल्ती गरेका थियौ र आज यो अबस्थामा पुग्नु पर्यो ? मानिसले भनेछ खोलाबाट अरुकसैले मार्दै गरेको माछा खोसेर ल्याउँदा बाटामा माछाले टोक्दा घाउ भयको थियो । त्यही घाउ यो रूपमा आईपुगेको हो ।

डक्टरले भने, ‘जाउ तेही माछा मार्ने मानिसलाई भेट र सोध तिमिले के सराप दिएका थियौं र आज मेरो यो अबस्था भयो ? रूँदै कराउदै तेही माछा मार्ने ब्यक्तिकोमा मानिस पुग्यो र रूँदै गिडगिडाउदै भन्न थाल्यो तिमिले के तन्त्र मन्त्र गर्यौ र सराप दियौ र मेरो यो अबस्था हुन पुग्यो ? माछा मार्ने मानिसले भन्यो मैले त केही तेस्तो सराप र तन्त्र मन्त्र गरेको थिईनँ खाली हे भगवान यो मैले मेहनत गरेर खोलाबाट निकालेको माछा खोसेर लाने मानिस म भन्दा शक्तिशाली रहेछ अब तिमी नै उ भन्दा शक्तिशाली छौ। मलाई न्याय देउ मात्र भनेको थिएँ ।

माछा मार्ने मानिसले भनेछ। बिचरा हात काटीएको मानिस पछुताउदै रोई रह्यो । कर्म ,मेहनेत कसैले गर्यो तर फल अरू कसैले खान खोज्दाको परिणाम देखेर मानिस अझै बिहल हुँदै रून कराउन थाल्यो । हामी आफ्नो मेहनत र गरेको कर्म हेर्दैनौ ।

खाली उपलब्धि मात्र लिन खोज्छौ जस्को परीणाम माछा खोस्ने को जस्तै हुन जान्छ। यो प्रसंग मैले कतै बाल्यकालमा कथाको रूपमा सुनेको थिएँ र आज सम्झना आउँदा पाठक समक्ष प्रस्तुत गरे।

कसैमा मेल खाएमा संयोग मात्र हुनेछ ।