धनुषा– स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ ।


ADVERTISEMENT


राउतलाई धनुषाको माछाबजारस्थित डेरामा नजरबन्दमा राखिएको धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंह बताए । ‘पक्राउ गरिएको होइन, निगरानीमात्रै हो, आज बलिदानी दिवस भएकाले उनी कतै निस्कन्छन कि भनेर प्रहरीले निगरानी गरेको हो’ सिंहले भने ।


ADVERTISEMENT

# # #


स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतविरुद्ध अदालतमा राज्यविप्लवको मुद्दा चलेको थियो । सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै आएका छन् ।