काठमाडौँ– नाडा र हाम्रो बजार डटकमबीच व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


यी संस्थाबीच १८ असोजमा नाडाको सचिवालय टेकुस्थित आपसी सहकार्यमार्फत नाडा डिजिटल अटो शो सम्पन्न गर्ने द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा।ध्रुब थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर के।सीले हस्ताक्षर गरेका छन् ।