काठमाडौँ– हुन्डाई नेपालले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


आउँदै गरेको दशैं, दिपावली र छठ २०८० लाई लक्षित गर्दै कम्पनीले हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत देशभरका आफ्ना सबै शोरुमबाट ‘हुन्डाई फेस्टिभ कार्निवल’ असोज १९ देखि २१ गतेसम्म सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले सो कार्निवविभिन्न कार्यक्रमसहित ग्राहकसँगको प्रत्यक्ष भेटघाटमा शुभ–कामना आदानप्रदान गगरी मनाउने जनाएको छ ।  कम्पनीका अनुसार कार्निवलमा हुण्डाईकोसबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिनेछ।लाईभ फुड स्टल, लाईभ सांगितिक प्रस्तुति, किड प्ले जोन, डिआईवाई टिप्स एण्ड ट्रिक, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

साथै कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक प्रतियोगिता, एक्सटर ट्रिजर हण्ट, डेली टेस्ट ड्राइभ एण्ड विन, र महिला चालकहरुप्रति लक्षित हुण्डाई ह्विल्स अन हिल्स, जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ।

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी विजेताका लागि विश्व प्रसिद्ध ब्रान्ड ‘बास’ तथा ह्विर्लपुलका वाशिङ मेशिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरलगायत पुरस्कारको व्यवस्था गरिएको छ ।