काठमाडौँ – नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका विभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भएरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन समस्याहरुलाई समाधान गर्ने दिशातर्फ जानुपर्नेमा बैठकको जोड रहेको बताए । प्रवक्ता सापकोटाले सामाजिक सद्भाव कायम राख्ने विषयमा सवै पार्टी पङ्तीहरुले नेतृत्वदायि भूमिकाका साथ गम्भीर भएर सवैसंग छलफल गर्नुपर्ने बताए ।

त्यस्तै बैठकमा बिद्यालय शिक्षा सम्बन्धी विधेयक र राहत शिक्षकको गुनासोको विषयमा छलफल भएको र शिक्षकहरुको जायज मागलाई पुरा गर्न सम्बन्धित पक्षसंग गहन रुपमा छलफल गर्नुपर्ने पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उनले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई प्रभावकारी बनाउने बारेमा पनि बैठकमा छलफल भएको जिकिर गरे ।