काठमाडौं-सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोके पनि उनीहरुले पूरा अवधि काम गर्न नपाउने देखिएको छ । आगामी महिना नयाँ सरकार गठन गर्ने तयारीमा रहेका वाम गठबन्धनका नेताले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले उनीहरुको भविष्य अन्योल भएको बताएका छन् ।


ADVERTISEMENT


सरकारले सहमतिको आधारमा प्रदेश म्रमुख नियुक्त नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँहरुको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो ।’


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने हुनाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ । ज्ञवालीले अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताए ।-आजको नागरिक दैनिकबाट