काठमाडौँ– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला प्रहरीद्वारा पक्रिए पछि पुलिस क्लवमा धर्ना सुरु गरेका छन् ।


ADVERTISEMENT


उनी लगायत साना दलका नेता निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका हुन् ।
२ नं. गण महाराजगञ्जबाट प्रहरीले महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा सारेलगत्तै भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका छन् ।


ADVERTISEMENT

# # #


संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको उनीहरुको भनाई छ।

निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ । पार्टीलाई निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै नयाँ शक्ति लगायका दलहरु आइतबार विहान निर्वाचन आयोग घेराउ गर्न पुगेका थिए। घेराउको क्रममा भट्टराई लगायत बैद्य माओवादीका नेता सीपी गजुरेल सहित ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई नेपाल पुलिस क्लब भित्र राखिएको छ।

ऐन संशोधन गरेर दलीय चुनाव चिन्ह नदिएसम्म संयोजक डा. बाबुराम भट्टराईसहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मा लगायत प्रहरी नियन्त्रणमा रहेका नेता कार्यकर्ताहरू नेपाल पुलिस क्लबभित्रै धर्नामा बस्ने नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए।