राहुल गुप्ता, बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्ड अम्लेखगंजमा सुमो दुर्घटना भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान् ८ बजेको निजगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३८४७ नम्बरको सुमोको अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।


ADVERTISEMENT

# # #


घाईतेहरुको कार्की मेडिकल तथा एल.एस. न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ। घाइते हुनेहरूमा निजगढ नगरपालिका–८ का विकास कुमार चौधरी, नेथुलाल चौधरी, सजिया देवी चौधरी, आदित्य भण्डारी, सुमित्रा पौडेल, उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने घाइते भएका छन् ।

यस्तै जितपुरसिमरा उपमहानगरपालिका–६ पुलिवाकी अरती तामाङ घाइते भएका छन् । सिन्धुलि दुधौली नगरपालिका– ९ का किसान पोख्रेलको टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

सुमो चालक निजगढ नगरपालिका–९ का दिल बहादुर मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।