काठमाडौँ – नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले राज्यका अगाडि देखिएका अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्ने अठोट व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिदै सचिव पुस्करले राज्यका अगाडि देखिएका चुनौतीलाई जसरी पनि समाधान गर्ने अठोट व्यक्त गरेका हुन् । उनले अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण रहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अहिले अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै किसिमका चुनौतीहरु रहेका छन् । यी चुनौतीहरुको सामनाका लागि सरोकारवाला सबैसँग समन्वय गर्नका लागि हामी एकदमै सफल र सबल भएर लाग्छौँ ।’ सचिव पुस्करले विभिन्न विषयमा देखिएका चुनौतीहरुलाई सबै सरोकारवाला मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

अर्थसचिव पुस्करले यसअघि पनि राजस्व सचिव र अर्थ सचिवका रुपमा काम गरिसकेका छन् ।