काठमाडौँ – नेपाली कांग्रेसको आयोजना बिपी साहित्य महोत्सवको अन्तिम दिन विभिन्न ६ वटा सत्रमा विज्ञहरुसंग अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा आयोजित महोत्सवमा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी परिवारले बुझेका बिपी र बिपीको विचार, आजको संविधान र अबको बाटो शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT

# # #


महोत्सवका क्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. केदारभक्त माथेमाले बीपीले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित रहेको बताए । उनले राजनीतिकको हस्तक्षेपबाट र शिक्षाको ब्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने जिकिर गरे ।

त्यस्तै ‘समावेसिता, सामाजिक रुपान्तरण र बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा वामवुद्धिजीवि आहुतिले नेपाली समाज जात व्यवस्थामा आधारित भएको र नेपाली कांग्रेसले आफ्नो समाजबादी कार्याक्रम २००८ सालमा ल्याए पनि त्यसलाई अझै पनि पूर्ण रुपमा कार्यान्वयन नगरेको बताए । संविधानमा उल्लेख विषयले सामाजिक रुपान्तरण गर्न नसक्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेसिता र सामाजिक रुपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको जिकिर गरिन् । बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।